लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय (वन निर्देशनालय)

डिभिजन वन कार्यालय

रोल्पा

परिचय

वि.स. २०३३ सालमा राष्ट्रिय वन यौजना लागु भए पछि तत्कालिन वन विभागको संगठनिक स्वरूप परिवर्तन गरी देशभर ४० वटा वन डिभिजन कार्यालयको स्थापना गर्ने निर्णय पस्चात बि .स. २०३४ सालमा प्युठान र रोल्पा जिल्ल्लाको वन संरक्षण र विकास गर्ने उद्येश्य अनुरुप प्युठान वन डिभिजन कार्यालय स्थापना भएको थियो |वि.स. २०४० सालमा विकेन्द्रीकरणको भावना र मर्म अनुसार देशभर ५ वटा क्षेत्रिय वन निर्देशनालय तथा ७५ वटै जिल्लामा  जिल्ला वन कार्यालयको रुपमा स्थापना गर्ने नीति अनुसार रोल्पा जिल्लामा वि.स. २०४२ सालमा जिल्ला वन कार्यालय,रोल्पा स्थापना गरियो . बि .स. २०५० सालमा वन विभागको पुनर्गमन अनुरुप रोल्पा जिल्लामा रा.प.तृतीय श्रेणीको जिल्ला वन अधिकृतको नेतृत्वमा ८ वटा रेन्ज पोस्ट रहने गरी संगठन निर्माण गरियो .

 

वन क्षेत्रको लोकतान्त्रिकरण,सुशासन एवं दिगो विकास कार्यदल को प्रतिवेदन,व्यवस्थापिका-संसदको प्राकृतिक श्रोत र साधन समितिबाट प्राप्त विभिन्न विषयहरुमा साविकको वन तथा भू-संरक्षण मन्त्रालयलाई दिईएको निर्देशनप्राकृतिक श्रोत साधन समितिको निर्देशनमा गठित उच्चरस्तरीय आयोग२०६७ को समेत वन संगठनमा विद्धमान समस्या तथा कमजोरीहरुको सुधारका लागि वन प्रशासनको सांगठनिक तथा व्यवस्थापकिय पुनसंरचनाको आवश्यकता महसुश भई निजामति सेवा ऐन २०४७ को दोश्रो संसोधन अध्यादेश २०६९ को दफा २४ घ १ बमोजिम वढुवा भएका कर्मचारीहरुको समायोजन तथा पदस्थापन गरी आ.व. २०७०/७१ बाट लागु हुने गरी वन विभागकोकेन्द्रीय संगठन तथा मातहतका जिल्ला वन कार्यालयहरुको संगठन संरचनामा फेरबदल गरी मिति २०७०/४/२८ देखि लागु हुने गरी जिल्ला वन कार्यालयहरुको संगठनिक स्वरुपमा फेरबदल गरी रा.प.द्रितिय श्रेणीको जिल्ला वन अधिकृतको नेतृत्वमा ८ वटा रेञ्जपोस्टलाई इलाका वन कार्यालयमा रुपान्तरण गरी उक्ता कार्यालयहरुमा रा.प.तृ.श्रेणीको सहायक वन अधिकृतको दरबन्दी सृजना गरी नयाँ संगठनिक स्वरुपको थालनी गरिय|

 

उदेश्य

डिभिजन वन कार्यालय दुरदृष्टि तथा उद्येश्यहरु

क ) डिभिजन वन कार्यालय अन्तर्गतको समग्र वन क्षेत्रको संरक्षण ,विकास र सदुपयोग सम्बन्धी एन ,नियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वन गर्ने .

ख ) वन विकास सम्बन्धी डिभिजनस्तरीय योजना तर्जुमा एव कार्यान्वन गर्ने .

ग ) निजि वन र कृषि वन वाली विकास एव व्यवस्था गर्न सरोकारहरुलाई आवश्यक प्राबिधिक सुझाव सल्ला दिने .

घ ) सार्बसाधारण लागि वन सम्पदा सम्बन्ध जानकारी उपलब्ध गराउने .

ड.) प्रचलित नीति एव कानुन वमोजिम यस डिभिजन वन कार्यालयको कार्यक्षेत्र अन्तर्गतको वनको समुदायमा आधारित वन व्येवास्थापन प्रणालीको माध्यमद्वारा दिगो व्यवस्थापन गर्ने गराउने .

च) काष्ठ एब गैरकाष्ठ वन पैदावारहरुको विक्षरोपण तथा  खेती विस्तार प्रबर्द्वन गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्ने |

छ ) जैविक विविधता एवं वातावरण संरक्षणको भुक्षय नियनत्रण कार्यमा समेत सहयोग तथा समन्वय

गर्ने |

ज) वनको संरक्षणविकास र सदुपयोगद्वारा वनपैदावारको आपूर्ति गरी स्थानीयप्रादेशिक तथा राष्ट्रिय आर्थिक विकासमा सहयोग गर्ने |

झ) जिल्ला / डिभिजनस्तरीय सरकारी र गैरसरकरी संघसंस्थास्थानीय निकायहरु तथा अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने |

ञ) वन संरक्षणविकास र सदुपयोग कार्यद्वारा रोजगारीका अवसर उपलब्ध गराउने |

ट) वनक्षेत्रको सुशासन कायम गर्ने|

 

केन्द्रको जिम्मेवारी

 क)    सबै प्रकारका वनमा दिगो वन व्यवस्थापन

       ख)   क्षमता अभिबृद्धि सुशासनमा सुधार

       ग)    परिणाममुखी वन प्रशासन 

       घ)    प्रभावकरी अनुगमन

       ङ)     प्रविधि र लगानी स्तर बृद्धि