लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, रोल्पा

लिवाङ, रोल्पा

परिचय

वि.स. २०३३ सालमा राष्ट्रिय वन योजना लागू भए पछि तत्कालिन वन विभागको संगठनिक स्वरूप परिवर्तन गरी देशभर ४० वटा वन डिभिजन कार्यालयको स्थापना गर्ने निर्णय पश्चात् बि.सं. २०३४ सालमा प्युठान र रोल्पा जिल्ल्लाको वन संरक्षण र विकास गर्ने उद्देश्य अनुरुप प्युठान वन डिभिजन कार्यालय स्थापना भएको थियो । वि.सं. २०४० सालमा विकेन्द्रीकरणको भावना र मर्म अनुसार देशभर ५ वटा क्षेत्रिय वन निर्देशनालय तथा ७५ वटै जिल्लामा  जिल्ला वन कार्यालयको रुपमा स्थापना गर्ने नीति अनुसार रोल्पा जिल्लामा वि.स. २०४२ सालमा जिल्ला वन कार्यालय,रोल्पा स्थापना गरियो । बि .सं. २०५० सालमा वन विभागको पुनर्गठन भए अनुरुप रोल्पा जिल्लामा रा.प.तृतीय श्रेणीको जिल्ला वन अधिकृतको नेतृत्वमा ८ वटा रेन्ज पोस्ट रहने गरी संगठन निर्माण गरियो ।

 

“वन क्षेत्रको लोकतान्त्रिकरण,सुशासन एवं दिगो विकास कार्यदल” को प्रतिवेदन, व्यवस्थापिका-संसदको प्राकृतिक श्रोत र साधन समितिबाट प्राप्त विभिन्न विषयहरुमा साविकको वन तथा भू-संरक्षण मन्त्रालयलाई दिईएको निर्देशन, प्राकृतिक श्रोत साधन समितिको निर्देशनमा गठित उच्चरस्तरीय आयोग, २०६७ को समेत वन संगठनमा विद्यमान समस्या तथा कमजोरीहरुको सुधारका लागि वन प्रशासनको सांगठनिक तथा व्यवस्थापकिय पुर्नसंरचनाको आवश्यकता महसुश भई निजामति सेवा ऐन २०४९ को दोश्रो संसोधन अध्यादेश २०६९ को दफा २४ घ १ बमोजिम वढुवा भएका कर्मचारीहरुको समायोजन तथा पदस्थापन गरी आ.व. २०७०/७१ बाट लागू हुने गरी वन विभागको केन्द्रीय संगठन तथा मातहतका जिल्ला वन कार्यालयहरुको संगठन संरचनामा फेरबदल गरी मिति २०७०/४/२८ देखि लागू हुने गरी जिल्ला वन कार्यालयहरुको सांगठनिक स्वरुपमा फेरबदल गरी रा.प.द्वितिय श्रेणीको जिल्ला वन अधिकृतको नेतृत्वमा ८ वटा रेञ्जपोस्टलाई इलाका वन कार्यालयमा रुपान्तरण गरी उक्त कार्यालयहरुमा रा.प.तृ. श्रेणीको सहायक वन अधिकृतको दरबन्दी सृजना गरी नयाँ संगठनिक स्वरुपको थालनी गरियो ।

 

दुरदृष्टि तथा उद्देश्य

डिभिजन वन कार्यालयको दुरदृष्टि तथा उद्देश्यहरु

क ) डिभिजन वन कार्यालय अन्तर्गतको समग्र वन क्षेत्रको संरक्षण, विकास र सदुपयोग सम्बन्धी ऐन, नियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्ने ।

ख ) वन विकास सम्बन्धी डिभिजनस्तरीय योजना तर्जुमा एवं कार्यान्वयन गर्ने ।

ग ) नीजि वन र कृषि वन वाली विकास एवं व्यवस्थापन गर्न सरोकारवालाहरुलाई आवश्यक प्राबिधिक सल्लाह सुझाव दिने ।

घ ) सर्बसाधारण जनताको लागि वन सम्पदा सम्बन्धी जानकारी उपलब्ध गराउने ।

ड.) प्रचलित नीति एवं कानुन बमोजिम यस डिभिजन वन कार्यालयको कार्यक्षेत्र अन्तर्गतको वनको समुदायमा आधारित वन व्यवस्थापन प्रणालीको माध्यमद्वारा दिगो व्यवस्थापन गर्ने गराउने ।

च) काष्ठ एवं गैरकाष्ठ वन पैदावरहरुको वृक्षरोपण तथा  खेती विस्तार प्रबर्द्वन गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्ने ।

छ ) जैविक विविधता एवं वातावरण संरक्षणको साथै भू क्षय नियन्त्रण कार्यमा समेत सहयोग तथा समन्वय गर्ने |

ज) वनको संरक्षण, विकास र सदुपयोगद्वारा वनपैदावरको आपूर्ति गरी स्थानीय, प्रादेशिक तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग गर्ने |

झ) जिल्ला / डिभिजनस्तरीय सरकारी र गैरसरकारी संघसंस्था, स्थानीय तहहरु तथा अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरी वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने |

ञ) वन संरक्षण, विकास र सदुपयोग कार्यद्वारा रोजगारीका अवसर श्रृजना गराउने |

ट) वनक्षेत्रको सुशासन कायम गर्ने ।

 

कार्यालयको जिम्मेवारी

 क)  सबै प्रकारका वनमा दिगो वन व्यवस्थापन 

 ख)  क्षमता अभिबृद्धि सुशासनमा सुधार

 ग)  परिणाममुखी वन प्रशासन 

 घ)  प्रभावकारी अनुगमन

 ङ)  प्रविधि र लगानी स्तर बृद्धि