वि.स. २०३३ सालमा राष्ट्रिय वन यौजना लागु भए पछि तत्कालिन वन विभागको संगठनिक स्वरूप परिवर्तन गरी देशभर ४० वटा वन डिभिजन कार्यालयको स्थापना गर्ने निर्णय पस्चात बि .स. २०३४ सालमा प्युठान र रोल्पा जिल्ल्लाको वन संरक्षण र विकास गर्ने उद्येश्य अनुरुप प्युठान वन डिभिजन कार्यालय स्थापना भएको थियो |वि.स. २०४० सालमा विकेन्द्रीकरणको भावना र मर्म अनुसार देशभर ५ वटा क्षेत्रिय वन निर्देशनालय तथा ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयको रुपमा स्थापना गर्ने नीति अनुसार रोल्पा जिल्लामा वि.स. २०४२ सालमा जिल्ला वन कार्यालय,रोल्पा स्थापना गरियो . बि .स. २०५० सालमा वन विभागको पुनर्गमन अनुरुप रोल्पा जिल्लामा रा.प.तृतीय श्रेणीको जिल्ला वन अधिकृतको नेतृत्वमा ८ वटा रेन्ज पोस्ट रहने गरी संगठन निर्माण गरियो . थप पढ्नुहोस